ad ad

राजनीति


सरकार ! बाढी पहिरोपीडितलाई तुरुन्त सहयोग गर : पाँच दल

सरकार ! बाढी पहिरोपीडितलाई तुरुन्त सहयोग गर : पाँच दल

नेपालखबर
असार ४, २०७८ शुक्रबार ०:९,

विपक्षी गठबन्धनका ५ दलले प्राकृतिक विपत्ति सामना गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप लगाएका छन्।

बिहीबार पाँच दलले संयुक्त वक्तव्य जारी गरी बाढी, पहिरो तथा डुबानबाट नागरिकको सुरक्षा, पीडितको उद्धार तथा उनीहरूलाई खाद्यान्न, आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी कोरोना महामारीबाट आक्रान्त नागरिक बाढी पहिरोका कारण थप कष्टमा परेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘इमान्दारी, तदारूकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं।’

हेर्नुहोस्, विज्ञप्तिः

5dal badhi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .