ad ad

राजनीति


कांग्रेसले दियो ५० थान अक्सिजन कन्सन्ट्रेटर

कांग्रेसले दियो ५० थान अक्सिजन कन्सन्ट्रेटर

नेपालखबर
असार ३, २०७८ बिहिबार १३:२९,

नेपाली कांग्रेसले अति आवश्यक भएका विभिन्न अस्पताललाई ५० थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ।

कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुले पठाएको आर्थिक सहयोगमा १० केजी क्षमता भएको एउटा मेशिनले दुई जना विरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सन्ट्रेटर अति आवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालहरुमा वितरण गर्ने क्रम जारी रहेको कोभिड-१९ केन्द्रीय अनुगमन समितिले जनाएको छ।

समितिका संयोजक कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महामारीको रोकथामका लागि सचेतना अभियान, मास्क र सेनीटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकहरुलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकाहरुलाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री समेत वितरण गर्दै आएको जनाएका छन्।

थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आउने दिनहरुमा आवश्यक ठाउँहरुमा सहयोग गर्दै जाने नेता महतले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .