ad ad

राजनीति


विपक्षी गठबन्धनको आरोप : प्राकृतिक प्रकोपको सामना गर्ने पूर्वतयारी देखिएन

विपक्षी गठबन्धनको आरोप : प्राकृतिक प्रकोपको सामना गर्ने पूर्वतयारी देखिएन

नेपालखबर
असार ३, २०७८ बिहिबार ८:३५,

विपक्षी पाँच दलीय गठबन्धनले प्राकृतिक प्रोकोप पीडितलाई राहत वितरण गर्न र उद्दारका काम अघि बढाउन सरकारसँग माग गरेको छ।

गठबन्धनका शीर्ष पाँच नेताले विज्ञप्ति जारी गर्दै सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैर जिम्मेवार रहेको आरोप लगाएका छन्।

'बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसँग माग गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन उनीहरुको आग्रह गरे।

'यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघ संस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं', विज्ञप्तिमा उल्लेख छ। ।

 कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .