ad ad

राजनीति


देउवालाई ओलीकाे प्रश्न: महाधिवेशनचाहिँ गर्ने, चुनावचाहिँ हुन सक्दैन भन्ने?

देउवालाई ओलीकाे प्रश्न: महाधिवेशनचाहिँ गर्ने, चुनावचाहिँ हुन सक्दैन भन्ने?

नेपालखबर
असार ३, २०७८ बिहिबार ७:४४,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको जोखिमका कारण सरकारले घोषणा गरेको चुनाव नरोकिने दाबी गरेका छन्।

संसद विघटनबारे सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै ओलीले घोषणा गरेको निर्वाचन समयमै गर्ने दाबी गरेका हुन्।

सरकारले संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन र खोपको व्यवस्था गर्न सबै किसिमका प्रक्रिया र कारबाही अघि बढाइसकेको ओलीको दाबी छ।

‘सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धता गरी आवश्यक खोप खरिद प्रक्रिया सुरु भइसकेको छ। कोभिड – १९ को संक्रमणकै बीचमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको छ’, जवाफमा भनिएको छ, ‘नेकपा (माओवादी केन्द्र)ले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निष्काशन गरेको छ‚ ती स्थानहरुमा उपनिर्वाचन गर्नैपर्ने हुन्छ।’

आगामी फागुन महिनामा स्थानीय तहको निर्वाचन गर्नैपर्ने र शेरबहादुर देउवाले यही भदौ महिनामा आफ्नो पार्टी नेपाली काङ्ग्रेसको महाधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशित गरिसकेकाले मध्यावधि चुनाव रोकिन्छ भन्नु गलत भएको जिकिर ओलीले गरेका छन्।

‘देशभरका नेता कार्यकर्ता सहभागी हुने महाधिवेशन हुनसक्ने तर चरणबद्ध रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन हुन नसक्ने दाबी हचुवा र आधारहीन छ’, जवाफमा भनिएको छ।

संसद विघटनबारे सर्वोच्चले सरकार, राष्ट्रपति र सभामुखसँग लिखित जवाफ माग गरेको थियो। उक्त मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .