ad ad

राजनीति


माओवादी केन्द्रद्वारा सर्लाहीका एक दर्जन स्वास्थ्य संस्थालाई ९ लाख मूल्यको स्वास्थ्य सामग्री प्रदान

माओवादी केन्द्रद्वारा सर्लाहीका एक दर्जन स्वास्थ्य संस्थालाई ९ लाख मूल्यको स्वास्थ्य सामग्री प्रदान

नेपालखबर
असार ३, २०७८ बिहिबार ४:४४,

माओवादी केन्द्र सर्लाहीले जिल्लाका एक दर्जन सरकारी स्वास्थ्य संस्थालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ।

जिल्ला अस्पताल मलंगवासहितका सर्लाहीका १३ वटा स्वास्थ्य संस्थालाई कोभिड उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए।

मलंगवा जिल्ला अस्पताल, हरिवन, बागमती, बरहथवा, लालबन्दी, इश्वरपुर, हरिपुर, जानकीनगर, सिसौट, चक्रघट्ट, धनकौल, हरकठ्वा, रामनगर र भक्तिपुरका स्वास्थ्य संस्थालाई कोभिड उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

विभिन्न संस्था र व्यक्तिहरुबाट संक्लन गरिएको एन्टिजेन किट, अक्सिजन कन्सलटेटर, थर्मलगन, अक्सिमिटर, पिपिसेट, गाउन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजर लगायतका सामग्री प्रदान गरिएको बुढाथोकीले जानकारी दिए।

‘जिल्लाभरका स्वास्थ्य संस्थालाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छौँ,’ बुढाथोकीले भने, ‘अझै केही स्वास्थ्य संस्थाले थर्मलगन, पिपिसेट लगायतका स्वास्थ्य सामग्री मागिरहेका छन्, केही दिनमै हामी त्यसको पनि व्यवस्था गर्ने छौँ।’

बुढाथोकीका अनुसार माओवादी केन्द्र, पार्टीको सर्लाही काठमाडौं जनसम्पर्क मन्चका संयोजक सन्तोष दाहाल, पूर्वमन्त्री एवं माओवादी नेता रामेश्वर राय, सांसद राधेश्याम पासवान, स्वर्गीय डाचाराज वाग्लेकी पत्नी सरस्वती मिश्र, नेता गुगलि राउत, श्याम श्रेष्ठ लगायतको सहयोगमा संकलन भएको स्वास्थ्य सामग्री स्वास्थ्य संस्थालाई सहयोग स्वरुप प्रदान गरिएको हो।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु प्रल्हाद बुढाथोकी, रामेश्वर राय, अच्युतम काफ्ले, कमल बुढाथोकी, भरत थापा, अर्जुन पन्त लगायतको उपस्थिति थियो।

यसअघि माओवादी केन्द्र सर्लाहीले पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाका आधा दर्जन ठाउँमा कोभिडका बिरामीको एन्टिजेन परीक्षण तथा उपचार शिविरसमेत सञ्चालन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .