राजनीति


‘कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन’

‘कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन’

नेपालखबर
असार ३, २०७८ बिहिबार ०:५९,

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड–१९ भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो आफूलाई नलागेको बताएका छन्।

बुधबार ग्रुप अफ सेभेन (जी–७)को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले यस्तो बताएका हुन्। ‘शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिक भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन,’ जोन्सनले भने।

सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले यस्तो आरोप लगाउँदै आएको छ।

चीनले भने अमेरिकाको यो दोषारोपण मात्र भन्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो। अमेरिकाको दाबी डब्लुएचओले पनि अस्वीकार गर्दै आएको छ।

समय अघि बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए। कोभिड १९ उत्पतिको विषयमा बेलायतका वैज्ञानिकले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .