ad ad

राजनीति


उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

उद्धार र राहतमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

नेपालखबर
असार २, २०७८ बुधबार १४:२३,

नेपाली कांग्रेसले बाढीपहिरो पीडितको उद्धार तथा राहतमा जुट्न कार्यकर्तालाई निदेशन दिएको छ।

बुधबार संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले विज्ञप्ति प्रकाशित गरी मौसमविदहरुको पूर्वानुमान बमोजिम जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले आवश्यक गृहकार्य नगरेको कारण यो वर्ष ठूलो जनधनको क्षति व्यहोर्नुपर्ने अवस्था आएको बताएका छन्।

बिगत केही दिनदेखि परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्र, मनाङ्ग सदरमुकाम चामे, स्याङ्जाको सेतीवेणी, पर्वत, मुस्ताङ, कास्की, गोरखा, म्याग्दी, बागलुङ्ग, चितवन, नवलपुर लगायत देशका अधिकांश स्थानमा बाढी, पहिरो, डुवान र कटान जस्ता प्राकृतिक प्रकोपले ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको छ।

आज मात्र सिन्धुपाल्चोक को मेलम्ची नदीमा आएको वाढीमा वेपत्ता भएका सात जनाको शव फेला परेको छ भने इन्द्रावती र मेलम्ची जोड्ने मोटरेवल पुल सहित दर्जनौं झोलुङ्गे पुल र घरहरु बगाएको छ भने पहिरोका कारण राजमार्गहरु अवरुद्ध छन् ।

कांग्रेसले पीडित परिवारलाई उचित क्षतिपुर्तीको व्यवस्था गर्न, वेपत्ता व्यक्तीहरुको खोजी र घाइतेहरुको निशुल्क स्वास्थ्यापचारको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ। साथै विपदमा परेका परिवारको उद्दार गरि सुरक्षित ठाउँमा स्थानान्तरण गर्न र आवश्यक राहत उपलब्ध गराउनसमेत माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .