ad ad

राजनीति


माधव नेपाल र बाबुराम भट्टराईबीच कोटेश्वरमा भेटवार्ता

माधव नेपाल र बाबुराम भट्टराईबीच कोटेश्वरमा भेटवार्ता

नेपालखबर
असार २, २०७८ बुधबार १३:४,

नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

डा. भट्टराई उनलाई भेट्न वुधबार नेपाल निवास कोटेश्वर पुगेका थिए।

यस अघि सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाललाई भेट्न उनको निवास पुगेका थिए।

विपक्षी पाँच दलबीच चुनावसम्मकै लागि गठबन्धन बनाएर जाने सहमति भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव अघि बढाइरहेका छन्। 

यति नै बेला विपक्षी गठबन्धनका नेताहरुले नेता नेपालसँगको भेटवार्ता बढेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .