ad ad

राजनीति


पुटिनलाई हत्यारा भन्ने अमेरिकी राष्ट्रपतिले अन्ततः भेटे पुटिन, मिलाए हात

पुटिनलाई हत्यारा भन्ने अमेरिकी राष्ट्रपतिले अन्ततः भेटे पुटिन, मिलाए हात

नेपालखबर
असार २, २०७८ बुधबार १२:२५,

अमेरिकाको राष्ट्रपति बनेपछि बाइडेनले पुटिनसँग जेनेभामा पहिलोपटक भेट गरेका हुन्।

निकै नै महत्वका साथ हेरिएको बाइडेन र पुटिनबीचको वार्ता यतिबेला सुरुवात भएको बताइएको छ।

पुटिनले छलफल अगाडि अमेरिकासँगको वार्ता रचनात्मक र फलदायी हुने अपेक्षा गरेको एबीसी न्युजले जनाएको छ।

मंगलबार भेट अगाडि बाइडेनले पुटिनलाई सक्षम विरोधीको संज्ञा दिएका थिए। 

बाइडेनले पुटिनसँग भेट्न अगाडि जी७ सम्मेलन र नेटो गठबन्धनको बैठकमा पनि भाग लिइसकेका छन्। सो बैठकमा अमेरिकाले चीनलाई घेर्ने र एक्ल्याउने रणनीति लिएको थियो।

PHOTO: U.S. President Joe Biden and Russia's President Vladimir Putin meet for the U.S.-Russia summit at Villa La Grange in Geneva, Switzerland, June 16, 2021.

तर मंगलबार मात्र पुटिनले भने चीन आफ्नो मित्र भएको बताएको थियो।

पुटिनले अमेरिकाले रुसलाई शत्रु नै घोषणा गरेको पनि बताएका थिए। हाल चीन र अमेरिकाको सम्बन्ध निकै खराब अवस्थाबाट गुज्रिरहेको अवस्थामा यो भेटलाई चासोका साथ हेरिएको छ।

बीबीसीका अनुसार यी दुई नेताबीच हतियार नियन्त्रण तथा अमेरिकाले लगाउँदै आएकाे आराेप रुसी साइबर आक्रमणको विषयमा छलफल हुनेछ।

जेनेभामा स्वीस राष्ट्रपति गाइ पर्मेलिनले दुवै नेतालाई स्वागत गरेर बैठक उपलब्धिमूलक होस् भनेर कामना गरेका थिए।

 PHOTO: Russia's President Vladimir Putin, Swiss President Guy Parmelin and U.S. President Joe Biden pose for a photo at Villa La Grange prior to the U.S.-Russia summit, in Geneva, June 16, 2021.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .