ad ad

राजनीति


गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

नेपालखबर
असार २, २०७८ बुधबार १०:३१,

गण्डकी प्रदेश सरकारले विश्वासको मत लिने भएको छ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन लागेका हुन्।

सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।

असार ४ गते (शुक्रबार) नै विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए।

विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको उनले बताए।

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाँटका काम गर्ने तयारीमा मुख्यमन्त्री कृष्णचन्द्र पौडेल रहेका छन्।

पौडेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .