ad ad

राजनीति


चीनका परमाणु हतियार सम्पन्न २८ युद्धक विमानहरु ताइवान घुसे

चीनका परमाणु हतियार सम्पन्न २८ युद्धक विमानहरु ताइवान घुसे

नेपालखबर
असार २, २०७८ बुधबार १०:२७,

मंगलबार चीनका २८ युद्धक विमानहरु आफ्नो हवाई क्षेत्रमा बिना अनुमति घुसेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ।

सो विमानहरु परमाणु हतियार सम्पन्न विमानहरु भएको पनि मन्त्रालयले जानकारी दिएको छ।

सोमबार अमेरिकासहित २८ राष्ट्र आवद्ध नेटो समूहले चिनियाँ खतराको विषयमा सजग रहनुपर्ने बताएकै भोलिपल्ट चिनियाँ विमानहरु ताइवान पुगेका हुन्।

नेटोले चीनलाई प्रणालीलाई नै चुनौती दिने खतरा भएको बताएको थियो। हालै जी७ राष्ट्रका नेताहरुले पनि ताइवानलाई समर्थन जनाउँदै ताइवानको सीमा क्षेत्रमा चीनले विवाद निम्त्याउने घटनाक्रम अगाडि बढाउन नुहने बताएको थियो।

चीनले दाबी गर्ने ताइवान स्वतन्त्र राष्ट्रजस्तो हुन चाहन्छ। तर चीनबाट ताइवान अलग्याउने गतिविधि गरिए सैन्य आक्रमण गरेरै ताइवान कब्जा गर्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ छ।

जी७ राष्ट्रले ताइवानलाई साथ दिएको संकेत गरेपछि नै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानलाई अन्तर्राष्ट्रिय सहायता चाहिने बताएको थियो।

ताइवानको राष्ट्रपतिको कार्यालयले जी७ राष्ट्रले समर्थन जनाएसँगै भनेको थियो,‘ताइवानले बृहत्तर अन्तर्राष्ट्रिय समर्थन साथै साझेदारी खोज्नेछ।’

तर चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानसँग कुनै राष्ट्रले सहमति तथा छलफल गर्न नहुने बताउँछ।

ताइवानका अनुसार मंगलबार चीनका १४ जे–१६ युद्धक विमान, ६ जे–११ फाइटर विमान, चार एच–६ बम्बर विमान तथा एक एन्टी सबमरिन, एक इलेक्ट्रोनिक वारफेर र एक अर्ली वार्निङ एअरक्राफ्ट विमान ताइवानमा घुसेका थिए।

ती विमानहरु ताइवान नियन्त्रित प्राटस टापुका साथै ताइवानका दक्षिण भागहरुबाट उडेका थिए।

चीनले ताइवानको विषयमा हस्तक्षेप नगर्न संकेत गर्दै २८ युद्धक विमानहरु ताइवान पठाएको अनुमान गरिएको छ। बीबीसी

यो पनिः चीनलाई घेर्ने र एक्ल्याउने रणनीति लिएको जी७ राष्ट्रले ताइवानलाई दियो साथ

- चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्‍यो बी३डब्ल्यू योजना

- ३० देश आवद्ध नेटोलाई चिन्ताः चीन हामी बराबर शक्तिशाली भयो, खतरा बढ्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .