ad ad

राजनीति


चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्रीबारे एमालेको स्पष्टीकरण

चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्रीबारे एमालेको स्पष्टीकरण

नेपालखबर
असार २, २०७८ बुधबार ९:४,

नेकपा एमाले सर्लाही जिल्ला कमिटीले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त कोरोना नियन्त्रणसम्बन्धी सामग्री वितरणबारे स्पष्टीकरण दिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका विभिन्न राजनीतिक दललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने क्रममा आफ्नो पार्टी (केन्द्रीय कमिटी) लाई पनि प्राप्त भएको तर सबै सामग्री एकमुस्ट सरकारको जिम्मा लगाइएकाले सर्लाहीमा आफ्नो पार्टीका तर्फबाट किन वितरण भएन भनेर भ्रममा नपर्न एमाले सर्लाही जिल्ला कमिटीले विज्ञप्तिमार्फत अनुरोध गरेको हो।

एमाले सर्लाही जिल्ला कमिटी अध्यक्ष रेवती पन्तले आज (बुधबार) विज्ञप्ति जारी गरी भनेका छन्, ‘हाम्रो पार्टीलाई प्राप्त सामग्री नेपाल सरकारलाई एकमुस्ट बुझाएकाले नेपाल सरकारले उक्त सामग्री आवश्यकताअनुसार स्थानीय तहसम्म पठाएको होला भन्नेमा हामी विश्वस्त छौं।’

हेर्नुहोस्, विज्ञप्तिः

uml sarlahi comeetee

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .