ad ad

राजनीति


दिल्ली जानुअघि खनालले भने : बदलाभाव त्यागेर एकता जोगाऔं

दिल्ली जानुअघि खनालले भने : बदलाभाव त्यागेर एकता जोगाऔं

नेपालखबर
असार २, २०७८ बुधबार ८:३६,

थप उपचारका लागि दिल्ली जानुअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशको विथोलिएको राजनीतिक अवस्थाले चिन्तित भएको बताएका छन्।

एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, 'राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन्। त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ। राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो।'

 देशका प्रमुख दलहरु र तिनका नेताहरु बिचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्ने उनले बताएका छन्।

जनताको चाहना र अपेक्षा विपरित देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको उनको भनाई छ।

 रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टीलाई फुटबाट जोगाउन उनले आग्रह गरेका छन्।

'पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु', उनले भनेका छन्।
धन्यवाद !

 खनाललाई थप उपचारका लागि आज नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली लगिएको छ।

 jn press bigyapti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .