ad ad

राजनीति


पूर्वप्रधानमन्त्री खनालको भारतमा अपोलो अस्पतालमा उपचार हुने, के भएको हो?

पूर्वप्रधानमन्त्री खनालको भारतमा अपोलो अस्पतालमा उपचार हुने, के भएको हो?

नेपालखबर
असार २, २०७८ बुधबार ८:८,

 पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको भारतको अपोलो अस्पतालमा उपचार हुने भएको छ।

सोमबार उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका खनाललाई थप उपचारका लागि आज नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको हो।

नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको थियो। लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि खनाललाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो। फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो।

jhalnath khanal hospital1

खनालमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो। उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो। हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो।

२ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो।

दिल्ली उड्नुअघि पनि उनलाई निरन्तर खोकी लागिरहेको थियो। अस्पतालमा उनको शरीरसमेत शिथिल देखिन्थ्यो भने कामिरहेका थिए।

चिकित्सकहरुले कोभिड हुँदा खनाललाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्।

मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताए।

डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .