ad ad

राजनीति


झलनाथ खनालको स्वास्थ्यमा देखिएको समस्या के हो?

झलनाथ खनालको स्वास्थ्यमा देखिएको समस्या के हो?

नेपालखबर
असार २, २०७८ बुधबार ६:४०,

स्वास्थ्य जटिल बन्दै गएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल थप उपचारका लागि भारत जाने भएका छन्।

उनी सोमबार थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

अस्पतालले उनलाई 'पोष्ट कोभिड' समस्या भएको आशंकामा उपचार सुरु गरेको थियो।

तर उनमा पोष्ट कोभिड भन्दा भिन्न समस्याहरु देखिएपछि थप उपचारका लागि अस्पतालले दिल्ली लैजान सुझाव दिएको हो।

खनाल सचिवालयका अनुसार उनी आज दिल्ली जान लागेका हुन्।

अस्पताल स्रोतका अनुसार खनालको मृगौलामा समस्या देखिएको थियो। उनको फोक्सोमा पनी जमेको पनि जनाइएको छ।

खनालको रगत र पिसावमा समेत इन्फेक्सन देखिएको छ।

२०७१ सालमा खनालको जोन हिकिन्ङस अस्पताल अमेरिकामा मुत्रनलीमा पलाएको मासुको शल्यक्रिया गरिएको थियो।

खनानलाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी वैशाख २७ गते कोरोना मुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .