ad ad

राजनीति


देश बाढीमा डुबिरहेका बेला पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार विपक्षीलाई कटाक्ष गर्नमै व्यस्त!

देश बाढीमा डुबिरहेका बेला पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार विपक्षीलाई कटाक्ष गर्नमै व्यस्त!

नेपालखबर
असार २, २०७८ बुधबार ५:९,

देश बाढी–पहिरोको विपत्तिमा परिरहेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा भने विपक्षीलाई कटाक्ष गर्नमै व्यस्त देखिएका छन्।

प्रधानमन्त्रीको रक्षा र विपक्षीको विरोधमा दैनिक केही न केही शब्द खर्चने थापाले मनाङ तथा सिन्धुपाल्चोकमा बाढी र पहिराले मानिसको विचल्ली भइरहेका बेला पनि आज बिहानै विपक्षीविरुद्ध ट्विट गरेका हुन्।

यस्तो लाग्छ, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापालाई देशमा बाढी र पहिराले कैयौं नागरिकको विचल्ली भइरहेको छ भन्ने थाहै छैन। उनको चिन्ता सत्ता र प्रधानमन्त्रीको रक्षामा मात्रै देखिन्छ।

यसै क्रममा बुधबार बिहानै थापाले ट्विटरमार्फत आफ्ना प्रधानमन्त्रीलाई हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन्। 

केही मानिस डेढ वर्षदेखि प्रधानमन्त्रीको राजीनामा मागेर ‘बर्बराइरहेको’ तर उनीहरूलाई आफू विपनामा हो कि सपनामा थाहा नभएको कटाक्ष उनले गरेका छन्।

यस क्रममा उनले एमालेकै माधव नेपाल पक्षलाई पनि अध्यक्ष हटाउने भए महाधिवेशन गरेर हटाउन चुनौती दिएका छन्।

‘केही मानिसहरू सधै बर्बराउँछन्– केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ। यो सपनामा कि विपनामा, थाहा पाउँदैनन्,; थापाले बुधबार बिहान ट्विट गरेका छन्, ‘झण्डै डेढ वर्षदेखि फगत बर्बराइरहेछन्।’

उनी अगाडि लेख्छन्, ‘महाधिवेशन गरेर नयाँ अध्यक्ष र आम चुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ। संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान्?’

su be

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .