ad ad

राजनीति


उपचार गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज भारत जाँदै

उपचार गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज भारत जाँदै

नेपालखबर
असार २, २०७८ बुधबार ४:४०,

उपचारका लागि आज पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत जाने भएका छन्।

उनको सचिवालयका अनुसार उनी दिल्ली जान लागेका हुन्।

गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटल भर्ना गरिएका उनलाई थप उपचारका लागि बुधबार दिउँसो साढे १२ बजे दिल्ली लान लागिएको उनको सचिवालयले जानकारी दिएको छ।

एमालेका वरिष्ठ नेता खनाललाई ज्वरो आउने र रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको चिकित्कसले बताएका छन्।

खनाल हालै मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .