ad ad

राजनीति


एमाले ध्वस्त गर्न प्रचण्ड-देउवाले कोटेश्वरमा युरिया हालेछन् : बाँस्कोटा

एमाले ध्वस्त गर्न प्रचण्ड-देउवाले कोटेश्वरमा युरिया हालेछन् : बाँस्कोटा

नेपालखबर
असार १, २०७८ मंगलबार १४:४०,

नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले एमाले ध्वस्त गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लागिपरेको आराेप लगाएका छन्।

हिजो (सोमबार) पूर्वप्रधानमन्त्री माधव नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तालाई ‘एमाले ध्वस्त पार्ने’ षडयन्त्र भएको बाँस्कोटाले दाबी गरेका हुन्।

सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन। तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेँलिएला हेर्नु छ।’

 2021-06-15_20_21_49-1_Facebook.png

साेमबार भएको भेटमा नेताहरुले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई प्रभावकारी बनाउने सहमति गरेका थिए।

यस्तै उनीहरुले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभइ राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको नेताहरुको निष्कर्ष निकालेका थिए।

विपक्षी तीन नेताको बैठक : गठबन्धनलाई प्रभावकारी बनाउने सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .