ad ad

राजनीति


गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताको पत्र

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताको पत्र

नेपालखबर
असार १, २०७८ मंगलबार १३:५९,

केही दिनअघि मात्र बहुमत सांसदको समर्थन प्राप्त गरी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपालीलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बधाई र शुभकामनासहित संक्षिप्त सुझाव पत्र लेखेका छन्।

सामाजिक सञ्जालमार्फत मंगलबार सार्वजनिक पत्रमा प्रवक्ता शर्माले आफ्ना पार्टीबाट मुख्यमन्त्री बनेका नेपालीलाई एउटा मात्र गल्तीले बदनाम हुने भएकाले एकदमै सोचेर जनहितमा काम गर्न सुझाव दिएका छन्।

उनले भनेका छन्, ‘राम्रो साबित हुन धेरैवटा राम्रो गर्नुपर्छ। आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ। यसैले छायाको होइन, ऐनाको सुझाव लिनोस्। हेक्का रहोस्, तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ।’

हेर्नुहोस्, प्रवक्ता शर्माले मुख्यमन्त्री नेपालीलाई लेखेको पत्रः

sujhawpatr gandaki

यसअघिका मुख्यमन्त्री एमाले नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन नसकी पदबाट हटेपछि विपक्षी गठबन्धनबाट बहुमत सांसदको समर्थनमा गत शनिबार मात्र नेपाली कांग्रेस गण्डकी संसदीय दलका नेता नेपाली मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .