ad ad

राजनीति


निर्वाचनका लागि रोकिनु पर्ने कारण छैन : गृहमन्त्री अधिकारी

निर्वाचनका लागि रोकिनु पर्ने कारण छैन : गृहमन्त्री अधिकारी

नेपालखबर
असार १, २०७८ मंगलबार १३:३३,

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन्।

गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताए।

आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनावका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए।

‘दुई चरणमा चुनाव गर्ने भनेको छ। त्यसमा कुन कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटेजीका साथ निर्वाचन आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ। र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि अगाडि बढ्न रोकिनुपर्ने केही कारण छैन', गृहमन्त्री अधिकारीले भने, 'सबै तयारी छ। आवश्यक लजिष्टिकदेखि लिएर जनशक्ति विन्यासदेखि लिएर सुरक्षा प्रवन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको छ। यसको कार्यान्वयको सम्बन्धमा दलहरुसँगको एउटा सहमती, सहकार्यपछि अगाडि बढ्दा हामीलाई तयारी पुगेन भन्नुपर्ने केही कारण छैन।'

उनले सीमाको सम्बन्धमा नेपाली संवेदनशील भएको भन्दै सरोकारवालालाई सो कुरा बुझिदिन आग्रह पनि गरे।

'नेपालीहरु सीमाको आफ्नो सार्वभौमिकताबारे अत्यन्तै संवेदनशिल छन्। जसरी अरु देशहरु संवेदनशील छन् त्यसरी नेपालीहरुको संवेदनशीलता बुझिदिन हामी अनुरोध गर्न चाहान्छौँ', अधिकारीले भने, 'हामी हाम्रो सीमा रक्षाका लागि अरुले हाम्रो संवेदनशीलता बुझिदिनुपर्छ भन्ने कुरा प्रष्ट राख्न चाहान्छौँ।’

मन्त्री अधिकारीले कोभिड १९ विरुद्धको खोपको तेस्रो ट्रायलमा जाने ढाँचाको खोप ल्याउने विषयमा पनि छलफल गरीरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .