बाइडेन राष्ट्रपति बनेपछि यी दुई नेताबीच पहिलोपटक भेटघाट हुन लागेको हो। बाइडेनले यस भेटको बारेमा रुससँग साझा हितको बारेमा छलफलगर्ने बताएका छन्।
भेट अगाडि आज पुटिनले भने चीनलाई आफ्नो असल मित्र भएको बताएको छ। पुटिनले चीन र रुसको सम्बन्ध बिगार्ने अनेकौं प्रयास भएको बताएका छन्।
यद्यपी त्यस्ता प्रयासबीच चीन र रुसको सम्बन्ध हालसम्मकै राम्रो भएको पुटिनको भनाइ छ। अमेरिकी टेलिभिजन एनबीसीसँग पुटिनले चीन सम्बन्धबारे खुलेर बोलेका हुन्।
अमेरिकी राष्ट्रपति बाइडेनले हालै जी७ सम्मेलन र नेटोको बैठकमा चीनलाई घेर्ने र एक्ल्याउने विषयमा बोलिसकेका छन्।
यसबीचमा पुटिनसँग बाइडेनले जेनेभामा बुधबार भेटघाट गर्दैछन्। चीनको विरोध गर्ने बाइडेन र चीनको प्रशंसा गर्ने पुटिनबीच भेट हुन लागेको हो।
पुटिनले सो क्रममा चीनले आफूलाई कहिल्यै दुश्मन घोषणा नगरेको तर अमेरिकाले शत्रु घोषणा गरिसकेको पनि स्मरण गरे। बाइडेनले पुटिनलाई केही महिना अगाडि हत्यारा समेत भनेका थिए। एससीएमपी
Shares
प्रतिक्रिया