ad ad

राजनीति


देउवा, प्रचण्ड र उपेन्द्र यादव माधव नेपालको निवासमा भेला भएपछि सूर्य थापा चिन्तित

देउवा, प्रचण्ड र उपेन्द्र यादव माधव नेपालको निवासमा भेला भएपछि सूर्य थापा चिन्तित

नेपालखबर
असार १, २०७८ मंगलबार ४:३४,

वर्तमान राजनीतिक संकट समाधानका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेता माधवकुमार नेपालको निवास (कोटेश्वर) मा भेला भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चिन्ता व्यक्त गरेका छन्।

चार नेताबीच छलफल भएको खबर सार्वजनिक भएको भोलिपल्ट मंगलबार बिहानै त्यो तस्बिर सामाजिक सञ्जालमा राख्दै प्रेस सल्लाहकार थापाले एमाले सक्किने भयो भनेर चिन्ता जाहेर गरेका हुन्।

देउवा, प्रचण्ड र यादव एमाले सिध्याउनकै लागि घरदैलो गरिरहेको आरोप लगाउँदै थापाले यो कुरा बुझ्नुपर्नेले नबुझेको गुनासो पनि गरेका छन्।

‘यो तस्बिरले मान गरेछ कि अपमान? कोटेश्वरमा देउवा–प्रचण्ड र उपेन्द्र,’ थापाले त्यो तस्बिरसहित ट्विट गरेका छन्, ‘एमाले सक्याउन नै उहाँहरूको यो घरदैलो चलिरहेको छ। तर बुझ्ने महाशयले नबुझिदिएपछि कसको के लाग्छ र?’

surya chinta

यो पनि :

विपक्षी तीन नेताको बैठक : गठबन्धनलाई प्रभावकारी बनाउने सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .