ad ad

राजनीति


निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको यादव पक्ष अदालत जाने

निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको यादव पक्ष अदालत जाने

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १४:२६,

जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने भएको छ।

आइतबार आयोगको बैठकले जसपाका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्को पक्षलाई गरेको कारबाही कानुनसम्मत नभएको निर्णय दिएको थियो।

जसपाको आज बसेको बैठकले उक्त निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको जसपा नेता इस्तियाक राईले बताए।

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई र ठाकुरले उपेन्द्र यादवलाई कारबाही गर्दै आयोगमा दल दर्ताको किताब सच्याउन पत्र पठाएका थिए।

निर्वाचन आयोगले उक्त कारबाहीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न नमिलेको बताउँदै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .