ad ad

राजनीति


प्रधानमन्त्रीले धम्क्याए भन्ने डा. गिरीविरुद्ध महेश बस्नेतले लगाए यस्ता आरोप

प्रधानमन्त्रीले धम्क्याए भन्ने डा. गिरीविरुद्ध महेश बस्नेतले लगाए यस्ता आरोप

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १४:३,

नेकपा एमालेका नेता महेश बस्नेतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता भएको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास (बालुवाटर) मै बोलाएर डा. गिरीलाई बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको खबर सार्वजनिक भएपछि एमाले नेता बस्नेतले डा. गिरीको आलोचना गरेका हुन्।

प्रधानमन्त्रीको धम्कीले डा. गिरीको ज्यानै जोखिममा परेको भन्दै बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले आइतबार विज्ञप्ति जारी गरी उनको सुरक्षा माग गरेका छन्।

यसै सन्दर्भमा टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीका अति निकट नेता बस्नेतले गिरिराजमणि पोखरेल शिक्षामन्त्री छँदा नियुक्ति पाएका डा. गिरीले भ्रष्टाचार गरेको र तिनमा तिनै मन्त्री र माओवादीका ठूला नेताको संलग्नता रहेको आरोप पनि लगाएका छन्। 

पूर्वमन्त्रीसमेत रहेका बस्नेतको आरोप छ, ‘वार्षिक १५ अर्बभन्दा बढी रकम विदेश पठाउने र कमिसन खाएर ढाडिएका बिरालाहरू नेपाली व्यवसायीले सञ्चालन गरेको मेडिकल कलेजहरूलाई सम्बन्धन दिनु हुँदैन भनेर स्याल हुइयाँ गर्दै छन्।’

डा. गिरीलाई प्रधानमन्त्रीले धम्की दिएको भनेर डलरवादी नागरिक समाजले हौवा फैलाएको आरोप पनि बस्नेतले लगाएका छन्।

giri mahesaa

यो पनि :

खगेन्द्र संग्रौलाको आरोप : प्रधानमन्त्री ओली गुन्डा नाइके!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .