ad ad

राजनीति


पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १३:२०,

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतले कुनै सुविधा नलिने घोषणा गरेका छन्।

गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने उनको सचिवालयले बताएको छ।

 'उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन', गुरुङको सचिवालयले भनेको छ, 'उहाँले त्यस्तो सुविधा लिनु हुने छैन।'

 नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना गुरुङको रहेको छ।

गुरुङ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .