ad ad

राजनीति


ओली एक्ला छन्, रहन्छन् : गोकुल बाँस्कोटा

ओली एक्ला छन्, रहन्छन् : गोकुल बाँस्कोटा

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १३:१०,

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एक्ला भएको र रहिरहने बताएका छन्।

पाँच पूर्वप्रधानमन्त्री अहिले मात्र होइन, सधैं एक ठाउँमा रहेको र ओली एक्ला रहेको उल्लेख गर्दै पूर्वसञ्चारमन्त्री बाँस्कोटाले उनीहरूको स्वार्थको भारी बोक्न ओली सँगै नहुने टिप्पणी गरेका हुन्।

ओलीको विशेषता नै आफ्नो अडानमा स्पष्ट हुनु भएको दाबी गर्दै नेता बाँस्कोटाले अरूका प्रतिक्रिया आउने जाने गरिरहने बताएका छन्।

‘पाँच पूर्वप्रम सधैं त एकै ठाउँमा थिए, प्रम ओली एक्लो छन्, रहन्छन्,’ बाँस्कोटाले सोमबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यिनका स्वार्थको भारी बोकेर किन सँगै रहनु?’

ओलीलाई हटाउन नसक्ने निश्चित भएपछि पाँच पूर्वप्रधानमन्त्रीले गनगन गरेको उनको टिप्पणी छ।

‘हटाउन नसक्ने निश्चित भएपछिको गनगन। ओली विशेषता नै यही हो– आफ्ना एजेन्डामा स्पष्ट, अरूका प्रतिक्रिया त आउँछन्, जान्छन्, जसपा डल्लै आफूतिर नउभिएपछिको रुवाबासी।’

केही दिनअघि पाँच पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गरी लोकतन्त्र र संविधान नै खतरामा परेको भन्दै नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप नहोस् भन्नेमा सबै सचेत हुन आह्वान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .