ad ad

राजनीति


पूर्वप्रधानमन्त्री खनाल अक्सिजन सपोर्टमा

पूर्वप्रधानमन्त्री खनाल अक्सिजन सपोर्टमा

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १०:१४,

पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन्।

नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो। ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ। वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ।

सामान्य अवस्थामा रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ।

आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .