प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेको चर्चाबीच उपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले नेता वामदेव गौतमसँग भेटवार्ता गरेका छन्।
गौतमको निजी सचिवालय स्रोतले दुई नेताबीच भेट भएको पुष्टि गरे पनि विषयवस्तु खुलाउन चाहेन।
‘उहाँहरू छिमेकी हुनुहुन्छ, त्यस्तो कुनै विषयवस्तुकै लागि मात्र नभएर पनि भेटघाट गर्नुहुन्छ,’ गौतमको सचिवालय स्रोतले नेपालखबरसँग भन्यो।
उपप्रधानमन्त्री पौडेलले नेता गौतमलाई भैंसेपाटीस्थित गौतमकै निवास पुगेर भेटेका हुन्।
विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन्।
यो पनि : नेपाल पक्षसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गर्दै ओली
एमालेका साविक उपाध्यक्ष वामदेव गौतमले यसअघि माधव नेपाल पक्षले नयाँ पार्टी खोले साथ दिने घोषणा गरेका थिए।
यो पनि : माधव–झलनाथले बनाउने नयाँ पार्टीमा सहभागी हुन्छु : वामदेव गौतम
प्रतिक्रिया