विपक्षी गठबन्धनको नेतृत्वमा नवगठित गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आक्रोश पोखेका छन्।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आइतबार मनाङे र आफू सँगै रहेको तस्बिर सार्वजनिक गर्दै रत्नाकार डाकु पनि वाल्मीकि ऋषि भएको दृष्टान्त दिएका थिए।
यो पनि : मनाङेसँग भेट गरेको स्वीकार्दै डा. भट्टराईले भने : जन्मजात कोही अपराधी हुँदैन
स्वतन्त्र सांसद मनाङेकै कारण गण्डकी प्रदेश सभा विघटन हुन नपाई विपक्षीको सरकार निर्माण हुन सकेको हो। यसअघि एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएका बेला पनि खेलकुद मन्त्री रहेका मनाङेले विश्वासको मत लिने बेला गुरुङको साथ छाडेका थिए। त्यही बेलादेखि रुष्ट प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले डा. भट्टराईविरुद्ध एकोहोरो शब्द प्रहार गरिरहेका हुन्।
‘लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको यो तस्बिर र दीपक मनाङेबारेका असंगत धारणा देख्दा डा. बाबुराम भट्टराईले आफूलाई आज कहाँनेर उभ्याउनुभएको छ, सहजै बुझिन्छ,’ प्रेस सल्लाहकारले छुद्र टिप्पणी गरेका छन्, ‘ढोंग, पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातचुत भइरहेको छ। अझै पूर्वप्रमको वक्तव्यबाजी!’
प्रेस सल्लाहकार थापाले सोमबार बिहान डा. भट्टराईविरुद्ध ट्विटरमा गरेको पोस्ट :
प्रतिक्रिया