ad ad

राजनीति


क्यान्सर पीडित नेतृलाई माओवादी केन्द्रको आर्थिक सहयोग

क्यान्सर पीडित नेतृलाई माओवादी केन्द्रको आर्थिक सहयोग

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ३:९,

नेकपा (माओवादी केन्द्र) सर्लाहीले महिला नेतृ माया बललाई उपचार खर्च बापत ५० हजार रुपैयाँ प्रदान गरेको छ। माओवादीका बरिष्ठ नेता नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को उपस्थितिमा आइबार पहिलो किस्ता बापत नेतृ बललाई ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

क्यान्सरबाट पीडित नेतृ बललाई सर्लाहीको हरिवन ९ नयाँरोडस्थित स्थित उनकै निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको माओवादी सर्लाहीका जिल्ला सचिव कमल बुढाथोकीले जानकारी दिए। जिल्ला पार्टीले उपलव्ध गराएको सहयोग रकम नेता श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

माओवादीका युवा नेता अर्जुन पन्तका अनुसार पार्टीको प्रदेश समिति सदस्य बल विगत केही महिनादेखि स्वास नलीको क्यान्सरबाट पीडित छन्। भरतपुर र काठमाडौंमा उपचारपछि हाल उनी घरमै आराम गरिरहेकी छन्।

नेतृ बलको औषधिमै मासिक ५० हजार रुपैयाँ खर्च हुने गरेको छ। घरको आर्थिक अवस्थाले त्यो आर्थिक भार धान्न नसक्ने भएपछि उनलाई मासिक ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय जिल्ला पार्टीले गरेको थियो।

एक साताअघि बसेको पार्टीको जिल्ला समिति बैठकले नेतृ बललाई उपचार खर्च बापत नियमित रुपमा मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पहिलो महिनाको रकम उनलाई हस्तान्तरण गरिएको पन्तले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .