ad ad

राजनीति


जसपाबाट मन्त्री बनेकाहरूलाई यादव पक्षले माग्यो स्पष्टीकरणः तपाईंलाई पार्टीबाट किन निष्कासन नगर्ने?

जसपाबाट मन्त्री बनेकाहरूलाई यादव पक्षले माग्यो स्पष्टीकरणः तपाईंलाई पार्टीबाट किन निष्कासन नगर्ने?

नेपालखबर
जेठ ३१, २०७८ सोमबार १:४४,

जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण मागेको छ।

जसपाका यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध छ भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना ओली सकारमा सहभागी भएका हुन्। यसैकारण यादव पक्षले ती मन्त्रीलाई विभिन्न प्रश्न राखी ७ दिनभित्र जवाफ दिन भनेको हो।

यो पनि: राजकिशोर थपिएसँगै जसपालाई ११ मन्त्री

यही जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने उल्लेख छ। सोही निर्णय स्मरण गराउँदै यादव पक्षले ती मन्त्रीलाई तपाईंहरूलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण माग गरेको हो।

संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको, सरकारमा किन सहभागी भएको, राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको र पार्टीमा गुटबन्दी गर्ने र अनुशासन उल्ल्ंघन गर्ने/गराउने कार्य भइरहेको प्रश्न यादव पक्षले ठाकुर पक्षका ती मन्त्रीलाई सोधेको छ।

यो पनि: निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई अमान्य भनेपछि गम्भीर चिन्तामा डा. भट्टराई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .