ad ad

राजनीति


प्रधानमन्त्री ओलीविरुद्ध आपतिजनक अभिव्यक्ति दिने सांसद वैद्यविरुद्ध हत्या दुरुत्साहन मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध आपतिजनक अभिव्यक्ति दिने सांसद वैद्यविरुद्ध हत्या दुरुत्साहन मुद्दा दर्ता

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ०:०,

बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।

कांग्रेस सांसद वैद्यले गएको शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

वैद्यको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। विरोधपछि सांसद वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिएका थिए। शनिबार बसेको प्रदेश सभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले आत्मालोचनासमेत गरेका हुन्। आफू भावावेशमा आएर प्रधानमन्त्रीविरुद्ध त्यस्तो अभिव्यक्ति दिन पुगेको उनको भनाई छ।

वैद्यको अभिव्यक्तिलाई लिएर युवा संघका मकवानपुर जिल्ला कमिटी सदस्य अनिल काफ्लेले प्रहरीमा उजुरी दर्ता गराएका हुन्। वैद्यको अभिव्यक्ति मुलुकी अपराधसंहिताविरुद्ध रहेको उल्लेख गर्दै उजुरीमा वैद्यलाई ज्यान मुद्दाको आधा सजाय गर्न माग गरिएको छ।

वैद्यले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) तथा सोही संहिताको दफा ३५ (१ र २) को कसुर गरेको जाहेरीमा उल्लेख छ । त्यसैगरी प्रधानमन्त्रीको हत्या गर्न उक्साउने वैद्यको अभिव्यक्ति सोही संहिताको उपदफा ३ (ख) बमोजिम मुलुकी अपराधसंहिता २०७४ को दफा ७७ (२) जन्मकैद सजायको आधा सजाय हुने काफ्लेले दिएको जाहेरीमा उल्लेख छ।

यो पनि  आत्मालोचित हुँदै वैद्यले भने : आवेशमा आएर बोलेछु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .