ad ad

राजनीति


एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने

एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १३:३७,

राष्ट्रिय परीक्षा बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई भनेको छ।

परीक्षा बोर्डको बैठकले मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाइसक्नु पर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलले नेपालखबरलाई बताए।

बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ बनाएर यस्तो निर्णय गरेको पौडेलले बताए। विद्यालयले पठाएको मूल्याङकन समन्वय इकाइले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नु पर्ने पौडेलले बताए।

कोरोना महामारीका कारण यस वर्षपनि एसईई परीक्षा भौतिकरुपमा हुन सकेको थिएन।

एसईईको नयाँ कार्यविधि सोमबार सार्वजनिक गरिने पौडेलले बताए। विद्यार्थीको क्षमता मूल्याङकनो मुख्य जिम्मा विषय शिक्षकलाई दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .