ad ad

राजनीति


जसपाका दुवै पक्षको कारबाही कानुनसम्मत देखिएन : निर्वाचन आयोग

जसपाका दुवै पक्षको कारबाही कानुनसम्मत देखिएन : निर्वाचन आयोग

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १२:५०,

जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षको कारबाही कानुनसम्मत नभएको निर्वाचन आयोगले ठहर गरेको छ।

आज बसेको आयोगको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवले गरेको कारबाही र अध्यक्ष महन्थ ठाकुरले गरेको कारबाही कानुनसम्मत नभएको ठहर भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

उपेन्द्र यादव पक्षले अध्यक्ष यादव, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेका थिए। ठाकुरले उपेन्द्र यादवलाई कारबाही गर्दै आयोगमा दल दर्ताको किताब सच्याउन पत्र पठाएका थिए।

ठाकुरले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर आयोगमा बुझाउनसमेत सकेका थिएनन्। उनले हस्ताक्षर बुझाउन आयोगसँग ७ दिनको समय मागेका थिए।

निर्वाचन आयोगले उक्त कारबाहीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न नमिलेको बताउँदै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .