ad ad

राजनीति


नेपाल–भारत सीमामा तारबार लगाउन प्रदेश सांसद लामाको माग

नेपाल–भारत सीमामा तारबार लगाउन प्रदेश सांसद लामाको माग

गोकुल जोशी
जेठ ३०, २०७८ आइतबार १२:१०,


सुदूरपश्चिम प्रदेश सभा सांसद तारा लामा तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने माग गरेका छन्।

प्रदेश प्रमुख गंगा प्रसाद यादवले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथीको छलफलका क्रममा बोल्दै नेकपा एमालेका सांसद तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने माग गरेका हुन्।

‘भारतले बढि जसो भूभाग अतिक्रमण गर्ने, गर्न खोज्ने तथा विकास निर्माणमा अवरोध गर्ने गरेको छ। कञ्चनपुरदेखि दार्चुलासम्म कहिँ पनि सीमा व्यवस्थित छैन्,’ उनले भने, ‘ठूलो बजेट लगाएर ठूलो संरचना बनाउन नसके पनि केन्द्र सरकारसँग समन्वय गरेर भारतसँग तारबार चाही लगाउनु पर्छ।’

अहिले पनि बेलौरीमा हुलाकी सडकको काम गर्न थाल्यो भने भारतीय एसएसबी आएर नेपालीलाई धम्क्याउने गरेको उनको भनाई छ। नेपाल–भारत सीमामा तारबार गरेमा भारतसँग सम्बन्ध नबिग्रिने उनको दाबी छ।

सरकारको नीति तथा कार्यक्रममा तारबार लगाउने विषय नसमेटिएकोमा उनले दु:ख व्यक्त गरे।

यस्तै नेपाल–भारत आवागमन व्यवस्थित गर्न प्रदेश सरकारले सुरु गर्नु पर्ने उनको माग छ। दार्चुलाको छाङरु, व्यासका स्थानीयलाई नेपाली नागरिक हौँ भन्ने अनुभव हुने गरी प्रदेश सरकारले काम गर्नु माग उनले अघि सारे।

‘छाङरु, व्यासमा प्रदेश सरकारले केही काम गरेको छ। त्यहाँका बासिन्दालाई हामीहरु नेपाली हौँ, सुदूरपश्चिमेली हौँ भन्ने अनुभुत हुने गरी काम गर्नु पर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .