ad ad

राजनीति


गण्डकी प्रदेश : पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिन ऐन बनाइने

गण्डकी प्रदेश : पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिन ऐन बनाइने

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ६:४८,

गण्डकी प्रदेशले पूर्वमुख्यमन्त्रीको सेवा सुविधाबारे ऐन बनाउने भएको छ।

आज बसेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। यस्तै सरकारको प्रवक्तामा कुमार खड्कालाई तोकिएको छ।

पूर्वमुख्यमन्त्रीको सम्मानबारे ऐन बनाएर जने निर्णय भएको प्रवक्ता खड्काले बताए। प्रदेशको स्रोत साधान अनुसार पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा प्रदान गरिने उनले बताए।

यस्तै गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले नै प्रस्तुत गर्ने भएका छन्। अर्थमन्त्रालयको जिम्मेवारी नेपालीसँगै छ।

१ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारसँग छ।

पोखरेल शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। छिट्टै नै प्रदेश सरकारले विश्वासको मत लिने खड्काले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .