ad ad

राजनीति


गुरुङ नेतृत्वको सरकार ढलेपछि गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

गुरुङ नेतृत्वको सरकार ढलेपछि गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ३:५१,

एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार ढलेसँगै त्यहाँका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन्।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको भोलिपल्ट आइतबार बिहानै घिमिरेले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका हुन्।

प्रदेश सभाको निर्वाचनद्वारा एमाले नेता गुरुङको नेतृत्वमा प्रदेश सरकार स्थापना भएपछि २०७४ फागुन २१ गते घिमिरे मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए।

तीन वर्ष ३ महिना सेवा गर्ने क्रममा आफूबाट कुनै कमीकमजोरी भएको भए क्षमा गर्न घिमिरेले गण्डकीका नागरिकसमक्ष अनुरोध गरेका छन्।

२०७८ जेठ ३० गते मिति उल्लेख राजीनामा पत्रमा घिमिरेले लेखेका छन्, ‘सबैमा हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गर्दै मुख्य न्यायाधिवक्ताको पदबाट आजैका मितिबाट लागू हुनेगरी राजीनामा गरेको छु।’

यो पनि : माधव नेपाल पक्षका एक जना सांसदले गर्दा रोकियो गण्डकी प्रदेश सभाको विघटन!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .