ad ad

राजनीति


राजनीतिले निराशा र आक्रोश बढायो : गगन थापा

राजनीतिले निराशा र आक्रोश बढायो : गगन थापा

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ३:४५,

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको बताएका छन्।

नव नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बधाइ दिँदै नेता थापाले राजनीतिक गतिविधिले निराशा र आक्रोश बढाएको बताएका हुन्। उनले यो आक्रोसको अवस्थामा प्रदेश सरकारहरुलाई त झन् समस्या भएको औँल्याएका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल मार्फत् मुख्यमन्त्री पोखरेललाई बधाइ दिँनै थापाले राजनीतिक गतिविधिले जनतामा निराशा उत्पन्न गरेको बताएका हुन्।

‘गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा कृष्णचन्द्र नेपालीलाई हार्दिक वधाइ शुभकामना,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको छ। झन् प्रदेश सरकारहरूले त आफ्नो अस्तित्व बोध नै गराउन नसकेको अवस्थामा अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ।हार्दिक शुभकामना!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .