ad ad

राजनीति


कृष्णचन्द्र पोखरेल : जुम्ला सरुवा भएपछि राजनीतिमा पूर्णकालिन,नेकपा फुट्दा मुख्यमन्त्री

कृष्णचन्द्र पोखरेल : जुम्ला सरुवा भएपछि राजनीतिमा पूर्णकालिन,नेकपा फुट्दा मुख्यमन्त्री

नेपालखबर
जेठ २९, २०७८ शनिबार १२:४९,

कृष्णचन्द्र नेपाली पोखरेल सुरुवाती दिनमा शिक्षक थिए। त्यसपछि उनले वकालत पनि गरे। उनको परिवार नै राजनीतिक थियो। बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा क्रियाशील थिए। उनका बुबा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसम्म बनेका थिए।

तनहुँमा जन्मेका कृष्णचन्द्रको मुल राजनीतिक थलो भने नवलपरासी हो। ७१ वर्षे पोखरेलले पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपाने पराजित गर्दै प्रदेश सभामा निर्वाचित भएका थिए।

उनका जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन्। जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइसकेका उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पाएका थिए। साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने कान्छा भाइ डा. सुवाशचन्द्र अमेरिका बस्छन्।

उनका पिता प्रजातान्त्रिक आन्दोलनका क्रममा निर्वासनमा समेत बसेका थिए। त्यो समय उनले आफ्ना बुबाका साथ भारतमा बस्नु परेको थियो।

पोखरेलले राजनीतिसँगै काभ्रे र तनहुँका स्कुलमा अध्यापन गराएका थिए। २०३६ सालको जनमत संग्रहको समयमा उनलाई सरकारले जुम्ला सरुवा गरेपछि उनी राजनीतिमा पूर्णकालिन भएका थिए।

उनी पटक पटक गरेर ६ पटक जेल परेका छन्। २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर ५ महिना बिताएका थिए। २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे।

०४२ सालमा नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए।

२०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए। त्यसपछि ९ महिना पाल्पा जेल बसे।

उनले भारतको दरभंगाबाट स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्नातक हुन्। उनी लामो समय कानुन व्यवसायमा समेत आबद्ध थिए।

प्रजातन्त्रको पक्षमा लागेकै कारण हिरासत र जेलमा परेका राजबन्दीको रिहाइका लागि उनले वकालत समेत गरेका थिए।
उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति रहेका थिए। २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए।

कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३ सय २५ मतले पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .