ad ad

राजनीति


होसियार ! शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस् : शर्मा

होसियार ! शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस् : शर्मा

नेपालखबर
जेठ २९, २०७८ शनिबार ११:२८,

गण्डकी प्रदेशमा पनि केन्द्रमा जस्तै राजनीतिक खेलबाड देखिएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीतल निवास (राष्ट्रपतिको कार्यालय) को झैं षडयन्त्र त्यहाँ पनि नहोस् भनेर चेतावनी दिएका छन्।

‘होसियार ! शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस्,’ प्रवक्ता शर्माले शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ।’

बहुमत दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका सांसदको तस्बिरसहित उनले अगाडि लेखेका छन्, ‘तस्बिर बोल्छ, बहुमतको हस्ताक्षर मात्र होइन, बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ?’

gandaki bahumat

गण्डकी प्रदेशमा आज आफ्नो बहुमतको सरकार बन्ने आशामा बसेको विपक्षी गठबन्धन विश्वासको मतमा पराजित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेश प्रमुखसमक्ष बहुमतको दाबी पेस गरेपछि आश्चर्यचकित भएको हो।

यता केन्द्र ९काठमाडौं० मा पनि यही जेठ ७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाले बहुमत १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी पेस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग झन् १५३ सांसद साथमा रहेको भन्दै राष्ट्रपतिको कार्यालयमा पत्र बुझाएपछि राष्ट्रपतिले दुवैको दाबी नपुग्ने भन्दै खारेज गरिन् भने त्यही मध्यराति प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक राखी गरेको सिफारिसअनुसार संसद् विघटन गरिन्।

त्यसविरुद्ध देउवासहित १४६ सांसदले दिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

अहिले गण्डकी प्रदेशमा पनि यस्तै प्रकृतिको राजनीतिक परिदृश्य देखिएको हो।

यो पनि : डा. भट्टराईको टिप्पणी : गण्डकीमा पनि सल्कियो है ‘ओली भाइरस’!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .