ad ad

राजनीति


रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामकः पुटिन

रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामकः पुटिन

नेपालखबर
जेठ २९, २०७८ शनिबार ११:२,

उनले वाशिङ्टन पोष्टमा आएको समाचारलाई इन्कार गर्दै भने, “यो केवल भ्रामक सूचना हो। मलाई यो कुरा जानकारी छैन। यसबारे जसले कुरा गर्दैछन्, उनीहरूलाई शायद यसबारे बढी थाहा होला। यो अर्थहीन प्रचार मात्र हो।”

वाशिङ्टन पोष्टमा तेहरानले यस क्षेत्रमा सैनिक लक्ष्यहरू ट्र्याक गर्न सक्ने ‘सेटलाइट’ दिने तयारी रहेको भनी शुक्रबार प्रकाशित समाचारलाई इन्कार गर्दै भने, “हाम्रो द्विपक्षीय सम्बन्ध छ जुन पछिल्लो वर्षमा सबैभन्दा निम्न अवस्थामा पुगेको छ।”

रूसी राष्ट्रपति पुटिनले एनबीसी न्यूजलाई शुक्रबार दिएको अन्तरवार्तामा पुटिनले आफु अमेरिकी समकक्षी जो बाइडेनसँग सहकार्य गर्न तयार रहेको पनि बताएका छन्।

रूसी राष्ट्रपतिले रूस र अमेरिकाबीचको सम्बन्धहरू पछिल्ला बर्षमा कमजोर विन्दुमा पुगेको बताइरहेका समय यही जुन १६ गते दुई नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुने कार्यक्रम रहेको छ।

बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा युरोप पुगेका छन्। पछिल्ला वर्षहरुमा वाशिङ्गटन र मस्कोबीचको सम्बन्ध तनाबपूर्ण रहेको छ।

युक्रेन, साइबर सुरक्षा, मानव अधिकार र संयुक्त राज्य अमेरिकाको चुनावमा भएको भनिएको हस्तक्षेपसँग सम्बन्धित मुद्दाहरूमा दुबै पक्षबीच परस्पर भिन्न मत रहेका छन्।

बेलायतको शाही वायुसेना मिल्डेनहल बेसमा अमेरिकी सेना र तिनका परिवारलाई बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए, “म स्पष्ट छु। रूसी सरकारले हानिकारक गतिविधिमा संलग्न भएमा संयुक्त राज्यले कडा र अर्थपूर्ण व्यवहार गर्नेछ। तर संयुक्त राज्य अमेरिका रूससँग स्थिर र अनुमानित सम्बन्ध चाहन्छ।” एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .