ad ad

राजनीति


डा. भट्टराईको टिप्पणी : गण्डकीमा पनि सल्कियो है ‘ओली भाइरस’!

डा. भट्टराईको टिप्पणी : गण्डकीमा पनि सल्कियो है ‘ओली भाइरस’!

नेपालखबर
जेठ २९, २०७८ शनिबार ११:१,

गण्डकी प्रदेशमा पनि केन्द्रमा जस्तै दाउपेचको राजनीति देखिएपछि पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले त्यहाँ पनि ‘ओली भाइरस’ सल्किएको टिप्पणी गरेका छन्।

गण्डकी प्रदेशमा आज आफ्नो बहुमतको सरकार बन्ने आशामा बसेको विपक्षी गठबन्धन विश्वासको मतमा पराजित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेश प्रमुखसमक्ष बहुमतको दाबी पेस गरेपछि आश्चर्यचकित भएको हो।

यसैलाई डा. भट्टराईले ओली भाइरसको संज्ञा दिएका हुन्।

‘ओली भाइरस पोखरा (गण्डकी) मा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो,’ डा. भट्टराईले शनिबार अपराह्न सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाका निम्ति अन्त्य गरौं। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं।’

यता केन्द्र (काठमाडौं) मा पनि यही जेठ ७ गते नेपाली कांग्रेसका शेरबहादुर देउवाले बहुमत १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी पेस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग झन् १५३ सांसद साथमा रहेको भन्दै राष्ट्रपतिको कार्यालयमा पत्र बुझाएपछि राष्ट्रपतिले दुवैको दाबी नपुग्ने भन्दै खारेज गरिन् भने त्यही मध्यराति प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक राखी गरेको सिफारिसअनुसार संसद् विघटन गरिन्।

त्यसविरुद्ध देउवासहित १४६ सांसदले दिएको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ।

अहिले गण्डकी प्रदेशमा पनि यस्तै प्रकृतिको राजनीतिक परिदृश्य देखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .