ad ad

राजनीति


गण्डकी प्रदेश : गुरुङले मुख्यमन्त्रीमा दाबी गरेपछि बोलाइयो मन्त्रिपरिषद बैठक

गण्डकी प्रदेश : गुरुङले मुख्यमन्त्रीमा दाबी गरेपछि बोलाइयो मन्त्रिपरिषद बैठक

नेपालखबर
जेठ २९, २०७८ शनिबार १०:५९,

गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठक बोलाइएको छ। पृथ्वीसुब्बा गुरुङले पुन : मुख्यमन्त्रीमा दाबी गरेपछि मन्त्रिपरिषद बैठक बोलाइएको हो।

२७ गते सदनमा विश्वासको मत गुमाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वत पदमुक्त भएका थिए।

त्यसपछि प्रदेश प्रखुम सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

तर आज मुख्यमन्त्रीमा गुरुङको पनि दाबी पेश गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड दिएको छ।

गुरुङको दाबी परेपछि यो अबैध भएको भन्दै गठबन्धनका सबै ३१ जना सांसद प्रदेश प्रमुखको सरकारी निवास अगाडि धर्ना दिइरहेका छन्।

गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपा महन्थ पक्षको पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .