ad ad

राजनीति


गण्डकी प्रदेश : गुरुङले मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसद प्रदेश प्रमुखकोमा जाँदै

गण्डकी प्रदेश : गुरुङले मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसद प्रदेश प्रमुखकोमा जाँदै

नेपालखबर
जेठ २९, २०७८ शनिबार १०:०,

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धनका सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन्।

सबै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

तर आज गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपा महन्थ पक्षको पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .