ad ad

राजनीति


डा. राजन भट्टराईको दाबी : नरोत्तम वैद्यले सोचेरै ‘प्रधामन्त्री मार्छु’ भनेका हुन्

डा. राजन भट्टराईको दाबी : नरोत्तम वैद्यले सोचेरै ‘प्रधामन्त्री मार्छु’ भनेका हुन्

नेपालखबर
जेठ २९, २०७८ शनिबार ५:८,

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बागमती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध आवेशवश नभई सोचविचार गरेरै अभिव्यक्ति दिएको दाबी गरेका छन्।

यसकारण उनलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत उनले माग गरेका छन्।

‘एकजना जनप्रतिनिधिले सभाको रोस्टममा उभिएर छिमेकी मुलुकको उदाहरणसमेत दिँदै प्रधानमन्त्रीको हत्या गर्छु भने। अर्थात् उनको यो भनाइ त्यत्तिकै प्रतिक्रियास्वरूप आएको होइन यो उनले सोचेरै बोलेका हुन्,’ डा. भट्टराईले भनेका छन्, ‘औपचारिक सभामा रेकर्ड सहित बोलेको विषयलाई क़ानुनी दायरामा ल्याई कारबाही गरियोस्।’

शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .