ad ad

राजनीति


भीम रावलको प्रश्न : देश र जनताको रक्षा गर्ने दायित्वबाट ओली च्युत भइसकेका हुन्?

भीम रावलको प्रश्न : देश र जनताको रक्षा गर्ने दायित्वबाट ओली च्युत भइसकेका हुन्?

नेपालखबर
जेठ २९, २०७८ शनिबार ४:५४,

एमाले नेता भीम रावलले दार्चुलाको ब्यास गाउँपालिकास्थित नेपाल भूमिमा भारतले गरेको ज्यादतीप्रति वेवास्ता गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्।

भारतले दार्चुलाको ब्यास- २ मा पर्ने महाकाली नदीवारि नेपाल तर्फको घोडेटो बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिर्वन हुने गरी सीमा क्षेत्रमा बिस्फोट गरिरहेको छ।

धारचुला–लिपुलेक सडक निर्माणका क्रममा भारतीय पक्षले बम विस्फोट गराउँदा खसेको चट्टानले महाकानी नदी थुनिनुका साथै नेपाल तर्फको घोडेटो बाटासमेत पुरिएको छ।

नेपाल तर्फको छोटो बाटो पुरिएपछि दुम्लिङबाट छाङरु हुँदै टिंकर जान सशस्त्र र नेपाल प्रहरीले वैकल्पिक गोघेटो निर्माण गरेर काम चलाएका छन्।

भारतको यो ज्यादतीप्रति प्रम ओली र उनी नेतृत्वको सरकारले कुनै चासो नदिएको भन्दै रावलले आलोचना गरेका हुन्।

शनिबार बिहान सामाजिक सञ्चालमा नेता रावलले लेखेका छन्, ‘भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ। यही क्रममा गरिएको बिष्फोटबाट व्यास गा.पा.मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ। प्र.म. केपी र सरकार किन चुप? कि देश र जनताको रक्षा गर्ने प्रमुख दायित्वबाट प्र.म. र सरकार च्युत भइसकेका हुन्?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .