ad ad

राजनीति


नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमै दण्ड दिनुपर्छ : सूर्य थापा

नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमै दण्ड दिनुपर्छ : सूर्य थापा

नेपालखबर
जेठ २९, २०७८ शनिबार ३:१३,

बागमती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको आपराधिक अभिव्यक्तिबारे शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादव मौन बसेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आश्चर्य व्यक्त गरेका छन्।

साथै यस विषयमा ‘मिसनवाला’ मिडिया पनि नबोलेको प्रेस सल्लाहकार थापाको आरोप छ।

शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

केही कांग्रेस नेताले भनेजस्तो आत्मालोचना मात्र गरेर नपुग्ने प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमै कारबाही गरिनुपर्ने प्रेस सल्लाहकार थापाको माग छ।

‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले। मिसनवाला मिडियाले सुनेनन्, देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,’ थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्, नवकांग्रेस जमातले यसो भनेको पाइन्छ। प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ।’

यो पनि : प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन्ः शर्मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .