ad ad

राजनीति


आज पोखरेल बन्लान् गण्डकीको मुख्यमन्त्री? कि देउवाजस्तै होलान्?

आज पोखरेल बन्लान् गण्डकीको मुख्यमन्त्री? कि देउवाजस्तै होलान्?

नेपालखबर
जेठ २९, २०७८ शनिबार २:१५,

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज दिउँसो ३ बजे सकिँदै छ।

उसो त मुख्यमन्त्री पदमा दाबी गर्दै विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबारै बहुमत ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेका छन् भने त्यसको सनाखतसमेत भइसकेको छ।

तर प्रदेश प्रमुख सीता पौडेलले आज दिउँसो ३ बजेसम्म निर्णय दिने बताएकी छन्।

कांग्रेस गण्डकी संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनै प्रदेश सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए।

किनकि केन्द्रमा राष्ट्रपतिले शेरबहादुर देउवाको दाबीलाई खारेज गरेर संसद् विघटनगरेजस्तै होला कि भन्ने चिन्ता उनीहरूलाई थियो/छ।

यसकारण विपक्षी गठबन्धन आज निर्णय नहुँदासम्म ढुक्क छैन।

यो पनि : गण्डकीमा सत्ताको अंकगणित : बलियो दाबेदारी, कमजोर गठबन्धन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .