ad ad

राजनीति


प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन्ः शर्मा

प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने वैद्यले उन्मुक्ति पाउँदैनन्ः शर्मा

नेपालखबर
जेठ २९, २०७८ शनिबार ०:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने आफ्ना पार्टीबाट बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई उन्मुक्ति नदिइने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चेतावनी दिएका छन्।

शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

सडकमा समेत राख्नुपर्ने संयमता यसरी संसदमा गुमाउनेलाई उन्मुक्ति दिन नसकिने प्रवक्ता शर्माले बताएका हुन्।

सांसद वैद्यको अभिव्यक्ति सार्वजनिक हुनासाथ प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न। शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’

अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै कुरा नभएको कांग्रेस प्रवक्ता शर्माले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .