ad ad

राजनीति


‘गोड्से’ बन्ने प्रदेश सांसदको अभिव्यक्तिप्रति गोकुल बाँस्कोटाको आपत्ति

‘गोड्से’ बन्ने प्रदेश सांसदको अभिव्यक्तिप्रति गोकुल बाँस्कोटाको आपत्ति

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार १५:४७,

वागमती प्रदेशका सांसद नरोत्तम वैद्यले ‘नाथुराम गोड्से बन्ने’ भनेर दिएको विवादास्पद अभिव्यक्तिप्रति नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन्।

वागमती प्रदेश सभामा नेपाली कांग्रेसका सांसद वैद्यले प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता बचाउन जे पनि गर्न थालेको भन्दै कोही नाथुराम गोड्से बन्नुपर्ने धारणा राखेका थिए।

‘अहिले नेपालको परिप्रेक्ष्यमा कुरा गर्दाखेरी ओली यसरी आइराखेको छ आफ्नो सत्ता बचाउनका लागि। जे कुरामा पनि सम्झौता गरिराखेको छ, यो समयमा यदी खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है’ वैद्यले भने, ‘त्यसैले मेरो आग्रह के हो भने कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि। कोही नाथुराम गोड्से बन्न तयार छैन भने मै बन्ने कि?’

वैद्यले बोलिरहँदा प्रदेश सभाका सभामुखले भने उनलाई राेक्न खोजेको भिडिओमा सुन्न सकिन्छ।

नाथुराम गोड्से भनेका ती व्यक्ति हुन् जसले भारतबाट पाकिस्तान टुक्रयाउन दिएको भन्दै महात्मा गान्धीको हत्या गरेका थिए।गान्धीको सन् १९४८ जनवरी ३० मा गोली हानी हत्या भएकाे थियाे।

सांसद वैधको सो भनाई प्रधानमन्त्री केपी ओलीको हत्या गर्ने षडयन्त्र त होइन भन्दै पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले यसबारे नेपाली कांग्रेसले स्पष्ट पार्नुपर्ने बताएका छन्।

शुक्रबार साँझ ट्वीट गर्दै बाँस्कोटाले लेखेका छन्, ‘केपी ओली नमारे कांग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्रीमाथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ। नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ?’

gokul-tw.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .